काठमाडौं आइपुगे अमेरिकी सहायक विदेशमन्त्री लु

काठमाडौं आइपुगे अमेरिकी सहायक विदेशमन्त्री लु

काठमाडौं : संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एसिया हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लु एकदिने भ्रमणका क्रममा शुक्रबार (आज) नेपाल आइपुगेका छन्।

उनले आजै नेपाल सरकारका उच्च नेतृत्वकर्तासँग शिष्टाचार भेट गर्ने र यहाँस्थित अमेरिकी दूतावासका कर्मचारीलाई पनि भेट्ने दूतावासले जनाएको।

यसका साथै उनले अमेरिकन चेम्बर अफ कमर्सको एक सदस्य संस्थासँग भेटघाट गर्ने जनाइएको छ। उनले गत वर्ष पनि नेपालको भ्रमण गरेका थिए।

असार २९, २०८० शुक्रबार १२:५६:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।