पाकिस्तानी फास्ट बलिङ सामु नेपाली ब्याटर निरीह, ३९ रनमा ६ विकेट गयो
एजेन्सी : एसीसी इमर्जिङ टिम्स एसिया कपमा पाकिस्तानी फास्ट बलिङले नेपाली इनिङलाई ध्वस्त पारेको छ।
कोलोम्बो क्रिकेट क्लब ग्राउन्डमा जारी खेलमा पाकिस्तानी फास्ट बलरका अगाडि कुनै पनि ब्याटर टिक्न नसक्दा नेपालले ३९ रनमा ६ विकेट गुमाइसकेको छ।
टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले १० औं ओभरमा मात्र ३९ रन बनाउँदा ६ विकेट गुमाइसकेको हो।
पाकिस्तान ए टिमका लागि सिनियर टिमबाट पनि खेल्दै आएका फास्ट बलर दाहानीले ४ र मोहम्मद वासिमले २ विकेट लिए।
यी दुई फास्ट बलरका सामु नेपालको माथिल्लो क्रमको ब्याटर पनि टिक्न सकेनन्। नेपालका ओपनर कुशल भुर्तेल एक रनमा बोल्ड हुँदा आसिफ शेख १२ रनमा आउट भए।
यसपछि कप्तान रोहित पौडेल ४ रन र अर्जुन साउद १७ रनमा पेभिलियन फर्किँदा भीम सार्की डक आउट भए। पवन सर्राफले भने १ रन जोडे।
असार २९, २०८० शुक्रबार ११:२८:४७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।