हजुरबुवाको कुटाइबाट एक नातिको मृत्यु, अर्को आईसीयूमा

हजुरबुवाको कुटाइबाट एक नातिको मृत्यु, अर्को आईसीयूमा

बैतडी : बैतडीमा हजुरबुवाको कुटाइबाट नातिको मृत्यु भएको छ।

पुर्चौंडी नगरपालिका–६ मुडेलीधारमा ५० वर्षीय गणेश साउदको कुटाइबाट दुई वर्षीय नाति रेशम साउदको मृत्यु भएको हो। 

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकराज जोशीका अनुसार कुटाइबाट गम्भीर घाइते रेशमको उपचारका क्रममा डडेल्धुरा अस्पतालमा आज बिहान मृत्यु भएको हो।

बाजे गणेशकै कुटाइबाट अर्का आठ वर्षीय नाति रिजन साउद गम्भीर घाइते भएका छन्। उनको कैलालीको धनगढीस्थित नवजीवन अस्पतालमा आईसीयूमा राखेर उपचार हुँदैछ। 

बिहीबार रेशम र रिजनकी आमा र हजुरआमा घाँस काट्न गएका बेला बाजे गणेशले दुवैलाई कुटपिट गरेका प्रहरीले जनाएको छ।

कुटपिट गर्ने गणेशलाई प्रहरीले पक्राउ गरेको छ। उनीविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको प्रहरी निरीक्षक जोशीले बताए।

रिजन र रेशमका बुबा कामको सिलसिलामा धनगढीमा छन्। कुटपिटको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ। 

असार २९, २०८० शुक्रबार १०:१५:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।