यशस्वी जैसवालले बनाए कीर्तिमान, विदेशी भूमिमा डेब्यु टेस्टमै शतक बनाउने पहिलो भारतीय ओपनर
पहिलो अन्तर्राष्ट्रिय खेलमै भारतीय ब्याटर यशस्वी जैसवालले शानदार शतक प्रहार गरेका छन्।
यशस्वीले डोमिनिकामा वेस्ट इन्डिजविरुद्ध डेब्यु गरेका हुन्। उनले टेस्ट म्याचको दोस्रो दिन बिहीबार (१३ जुलाई) पहिलो इनिङ्समा शतक प्रहार गरेका हुन्।
यशस्वीले कप्तान रोहित शर्मासँग २२९ रनको साझेदारी गरे। रोहित १०३ रन बनाएर आउट भए। यशस्वीले यस क्रममा १४ वटा चौका प्रहार गरेका छन्।
उनी डेब्युमै शतक बनाउने १७ औं भारतीय ब्याट्सम्यानसमेत बनेका छन्।
यशस्वीअघि डेब्यु टेस्टमा भारतका लागि श्रेयस अय्यरले शतक प्रहार गरेका थिए। उनले २०२१ मा कानपुरमा न्युजिल्यान्डविरुद्ध १०५ रन बनाएका थिए।
लाला अमरनाथ भारतका लागि डेब्यु टेस्टमा शतक बनाउने पहिलो भारतीय खेलाडी थिए। उनले सन् १९३३ मा इंग्ल्याण्डविरुद्ध ११८ रन बनाएका थिए।
यशस्वी डेब्युमै शतक बनाउने तेस्रो भारतीय ओपनर पनि हुन्।
शिखर धवनले २०१३ मा मोहालीमा अस्ट्रेलियाविरुद्ध र २०१८ मा वेस्ट इन्डिजविरुद्ध राजकोटमा डेब्यु खेलमै शतक बनाएका थिए।
विदेशी भूमिमा डेब्यु गर्दै पहिलो टेस्टमा शतक प्रहार गर्दै यशस्वीले इतिहास रचेका हुन्। रोहित शर्माले सन् २०१३ मा कोलकातामा १७७ रन बनाएका थिए। त्यस्तै पृथ्वी शाले २०१३ मा राजकोटमा १३४ रन बनाएका थिए।
असार २९, २०८० शुक्रबार ०९:०२:३३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।