च्याउ टिप्न गएकी महिलामाथि बाघको आक्रमण

च्याउ टिप्न गएकी महिलामाथि बाघको आक्रमण

महेन्द्रनगर : च्याउन टिप्न गएकी एक महिला बाघको आक्रमणबाट घाइते भएकी छन्। 

बाघको आक्रमणबाट कञ्चनपुरको बेलौरी नगरपालिका-९ डाडाकुण्डाकी २५ वर्षीया बिन्दु डगौरा घाइते भएकी हुन्।उनलाई बिहीबार साझँ लालझाडी गाउँपालिका-६ चान्देउस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको छेउमा बाघले आक्रमण गरेको हो। 

उनलाई अहिले धनगढीस्थित नवजीवन अस्पतालमा उपचार गराइएको छ। 

डगौंरासँगै १०-१२ जना महिला समूह च्याउ टिप्न गएका थिए। सोही क्रममा बाघले डगौँरामाथि आक्रमण गरेको हो।

आक्रमणबाट उनको आँखा र टाउकोमा चोट लागेको छ। यसअघि बाघको आक्रमणबाट बेलौरी नगरपालिकामै एक महिलाको ज्यान गएको थियो।

असार २९, २०८० शुक्रबार ०८:३८:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।