पहिरोले दरखोला दोस्रो लघुजलविद्युत् परियोजना बगायो

पहिरोले दरखोला दोस्रो लघुजलविद्युत् परियोजना बगायो

म्याग्दी : धवलागिरि गाउँपालिका-२ लुलाङमा रहेको ४२ किलोवाट क्षमताको दरखोला दोस्रो लघुजलविद्युत् परियोजनाको विद्युतमा पहिरो खसेको छ।  

बिहीबार मरेनीस्थित विद्युतगृहमा पहिरो जाँदा  उपकरण पुरिएको छ। वडाध्यक्ष अकप्रसाद विकका अनुसार केही उपकरण पहिरोसँगै बगेर दरमखोलाको बगरसम्म नै पुगेको छ। मुख्य पाइप लाइनमा समेत क्षति भएको छ।

विद्युत् आपूर्ति बन्द भएपछि सिंगो वडा नं २ का बासिन्दा बिजुलीबाट वञ्चित भएका छन्। परियोजनाबाट उत्पादन भएको बिजुलीबाट वडा नं २ का लुलाङ, लमसुङ र खोरियाका करिब चार सय परिवार लाभान्वित भएका थिए।

दुई वर्षअघि बाढीले परियोजनाको नहर, बाँध र विद्युतगृह बगाएको थियो। गत वर्ष मात्रै मर्मत गरेर यस परियोजनाको विद्युतगृह नै स्थानान्तरण गरेर परियोजनालाई पुनः सञ्चालनमा ल्याइएको थियो।

लाखौँ खर्च गरेर मर्मत गरी सञ्चालनमा ल्याएको परियोजनाको विद्युतगृह एक वर्षमै पहिराले क्षति पुर्याएको हो। 

असार २९, २०८० शुक्रबार ०८:०७:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।