आज देशैभर पानी पर्नेः कोशी र गण्डकीमा भने चट्याङसहित भारी वर्षाको सम्भावना

आज देशैभर पानी पर्नेः कोशी र गण्डकीमा भने चट्याङसहित भारी वर्षाको सम्भावना

काठमाडौँ : आज कोशी, गण्डकी र प्रदेशका एक-दुई स्थानहरुमा मेघ-गर्जनरचट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ। 

अन्य प्रदेशहरूमा पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना गरेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

आज दिउँसो देशैभर आंशिक देखि सामान्य बदली रहनेछ भने सबै प्रदेशमा वर्षा हुने जनाइएको छ। 

हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानभन्दा दक्षिण तर्फ तथा पूर्वतिर सरदर स्थानभन्दा उत्तर तर्फ (नेपाल नजिक) अवस्थित छ।

सामान्यतया जुन १० नेपालमा मनसुन भित्रिने गर्छ। तर यसपटक जुलाई १४ सकिँदासमेत पर्याप्त वर्षा हुन सकेको छैन। जसका कारण देशैभर अन्त्यन्त कम मात्रामा रोपाइँ भएको छ। 

असार २९, २०८० शुक्रबार ०७:४१:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।