बचतकर्ताको १४ अर्ब जोखिममा पारेको बराह सहकारीको रोक्का फुकाउँदै मेयर हर्क !

बचतकर्ताको १४ अर्ब जोखिममा पारेको बराह सहकारीको रोक्का फुकाउँदै मेयर हर्क !

धरान : धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले बचतकर्ताको १४ अर्बभन्दा बढी सम्पत्ति जोखिममा पारेको बराह सहकारीको कारोबार फुक्का गराउने तयारी गरेका छन्। बचतकर्ताको रकम फिर्ता नगरेपछि उपमहानगरपालिकाले सहकारीको बैङ्किङ कारोबारसँगै चल अचल सम्पत्ति रोक्का गरेको थियो।

बचतकर्ताहरू सङ्घर्ष समिति नै बनाएर आन्दोलित भएपछि रोक्का भएको निर्णय फुकुवा गर्न साङपाङ सकारात्मक देखिए। सहकारीको सम्पत्ति २०७९ साउन १६ बाट रोक्का छ।

बिहीबार उपमहानगरपालिका परिसरमा बचतकर्ताहरूसँगको छलफलमा केही बचतकर्ताले रोक्काको निर्णय फिर्ता गर्न आग्रह गरेपछि मेयर साम्पाङले सम्पत्ति रोक्काको निर्णय फिर्ता गर्न आफू सकारात्मक रहेको बताएका थिए।

सुनचाँदीको व्यापारबाट सुरु भएको बराह समूह सहकारीमा प्रवेश गरेको थियो। बराह समूहले बचतकर्ताको रकम दुरुपयोग गरेर डिपार्टमेन्ट स्टोर, यातायात, रेमिटेन्स, रेष्टुरेष्ट, खोलेको थियो।

असार २८, २०८० बिहीबार २२:२७:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।