दक्षिण अफ्रिकाको बैठकबाट आईसीसीको ऐतिहासिक घोषणा

दक्षिण अफ्रिकाको बैठकबाट आईसीसीको ऐतिहासिक घोषणा

काठमाडौं : अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले आफ्ना सबै प्रतियोगितामा महिला र पुरुष टोलीको पुरस्कार राशी समान बनाउने घोषणा गरेको छ।

दक्षिण अफ्रिकाको डर्बनमा भएको वार्षिक सम्मेलनले यस्तो निर्णय गरेको आईसीसीले जनाएको छ। आईसीसीले आफ्नो आधिकारिक ट्विटर ह्यान्डल र वेबसाइटमा यो जानकारी दिएको हो।

आईसीसी अध्यक्ष ग्रेग बार्कलेले भने, ‘यो हाम्रो खेलको इतिहासमा महत्त्वपूर्ण क्षण हो। आईसीसीको विश्वव्यापी प्रतियोगितामा भाग लिने पुरुष र महिला क्रिकेटरले समान पुरस्कार राशि पाउनेमा म खुसी छु।’

उनले अगाडि थपे, ‘समान पुरस्कार राशीमा पुग्ने स्पष्ट लक्ष्यका साथ, हामीले सन् २०१७ देखि महिला प्रतियोगिताहरूको पुरस्कार राशी बढाएका थियौं। अबदेखि, आईसीसी महिला क्रिकेट विश्वकप जित्दा आईसीसी पुरुष क्रिकेट विश्वकप जित्ने बराबरको पुरस्कार राशी हुनेछ। टी–२० विश्वकप र अन्डर–१९ विश्वकपमा पनि यस्तै हुनेछ।’

असार २८, २०८० बिहीबार २२:१४:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।