एसीसी इमर्जिङ कप : श्रीलंका ‘ए’ र अफगानिस्तान ‘ए’ विजयी, भोलि नेपालले पाकिस्तान ‘ए’को सामना गर्ने

एसीसी इमर्जिङ कप : श्रीलंका ‘ए’ र अफगानिस्तान ‘ए’ विजयी, भोलि नेपालले पाकिस्तान ‘ए’को सामना गर्ने
तस्बिर- क्यान

काठमाडौं : श्रीलंकामा जारी एसीसी पुरुष इमर्जिङ कप अन्तरगत बिहीबार भएको समूह ‘ए’को खेलमा घरेलु टोली श्रीलंका ‘ए’ र अफगानिस्तान ‘ए’ले विजयी सुरुवात गरेका छन्।

श्रीलंका ‘ए’ ले बंगलादेश ‘ए’लाई ४८ रनको पराजित गर्दा अफगानिस्तान ‘ए’ले ओमान ‘ए’लाई ७२ रनले स्तब्ध पारेको हो। श्रीलंकाका लागि अभिस्का फर्नान्डोले १३३ रनको शतकीय पारी खेले।

जितसँगै अफगानिस्तान ‘ए’ २ अंकसहित समूहको शीर्ष स्थानमा छ। समान २ अंक रहेको श्रीलंका दोस्रो स्थानमा छ। अंकविहीन बंगलादेश ‘ए’ र ओमान ‘ए’ टिम क्रमशः तेस्रो र चौथो स्थानमा छ।

प्रतियोगिता अन्तरगत शुक्रबार नेपालले पाकिस्तानको ‘ए’ टिमको सामना गर्दैछ। भने युएई ‘ए’ले भारतको ‘ए’ टीमसँग खेल्दैछ। दुवै खेल नेपाली समयअनुसार विहान १० बजेर १५ मिनेटबाट सुरु हुनेछ।

नेपालले आफ्नो दोस्रो खेल भारतको ‘ए’ टिमसँग सोमबार खेल्नेछ। उक्त खेल दिउँसो २ बजेर १५ मिनेटदेखि सुरु हुनेछ भने तेस्रो खेल युएई ‘ए’सँग बुधबार खेल्नेछ।

आ–आफ्नो समूहमा रहेका प्रतिस्पर्धीबीचको खेलपछि अंकतालिकाको शीर्ष दुई टिमले सेमिफाइनल खेल्नेछ। प्रतियोगिताको फाइनल खेल २३ जुलाईमा हुनेछ।

असार २८, २०८० बिहीबार २१:५९:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।