बंगलादेशसँग नेपालले बराबरी खेल्यो, इन्जुरी समयमा सावित्राको गोल
काठमाडौं : बंगलादेशसँगको दुई मैत्रीपूर्ण अन्तर्राष्ट्रिय फुटबल खेलको पहिलो खेलमा नेपाली महिला राष्ट्रिय फुटबल टोलीले १–१ बराबरी खेलेको छ।
दोस्रो हाफको इन्जुरी समयको पहिलो मिनेटमा सावित्रा भण्डारीले गोल गर्दै खेल बराबरी गरेकी हुन्।
त्यसअघि ६५औं मिनेटमा बंगलादेशले कप्तान सविना खातुनको गोलमा अग्रता लिएको थियो।
त्यसपछि नेपालकी कप्तान तथा गोलरक्षक एन्जिला तुम्बापोले वन भर्सेस वनमा बंगलादेशी खेलाडीलाई निराश बनाएकी थिइन्।
असार २८, २०८० बिहीबार १९:२५:०५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।