भारतको बिहार विधानसभामा हंगामा, दुई सांसद्लाई मार्सल लगाएर निकालियो

भारतको बिहार विधानसभामा हंगामा, दुई सांसद्लाई मार्सल लगाएर निकालियो

एजेन्सी : भारतको बिहारमा प्रदेश लोक सेवा आयोगमार्फत शिक्षक पुनर्बहालीको विषयलाई लिएर बिहीबार विधानसभामा चर्को हंगामा भयो।

बिहारको राजधानी पटनामा भाजपाको र्यालीमा प्रहरीले लाठीचार्ज र अश्रु ग्यास प्रहार गर्दा यो कोलाहल झन् बढ्यो।

यसअघि भाजपाका दुई सांसद् जीवेश मिश्र र इन्जिनियर शैलेन्द्रलाई मार्शल लगाएर सदनबाट बाहिर निकाल्न सभामुखले निर्देशन दिए। मार्सलले निकाले पनि।

बाहिर निकाल्नेबित्तिकै उनीहरूले बिहार विधानसभाका सभामुख अवध बिहारी चौधरीविरुद्ध अभिव्यक्ति दिएका थिए।

सभामुखले सत्तारुढ दलकै सदस्य भएर काम गरेको आरोप लगाउँदै जीवेश मिश्रले सभामुखले हरेक पटक कसै न कसैलाई मार्सल आउट गर्ने बानी लागेको बताए।

उनले भने, ‘पुरानो नियमअनुसार शिक्षकलाई पुनर्बहाली गर भनेर मैलै सदनमा कुरा उठाएको हो। शिक्षकहरू त्रसित छन्, शिक्षकहरूमाथि लाठीचार्ज भइरहेको छ, मुख्यमन्त्री सदनमा बसिरहेका छन्, उहाँलाई लाज लाग्नुपर्ने हो।’

शिक्षकले पाइरहेको दुख र भइरहेको भेदभावको बारेमा कुरा उठाउँदा मार्सल आउट गरेको भन्दै उनले सभामुखकाे चर्काे आलाेचना गरे।

‘हामीले सदनमा यही मुद्दा उठायौं, शिक्षकसँग किन भेदभाव, ठगी, यति सानो कुरामा मार्सल आउट... अरे प्रतिपक्षले बोल्दैन? यो लोकतन्त्रको सही तरिका होइन। सभामुखले सत्तारुढ दलको कार्यकर्ता भई पक्षपाती भएर काम गरिरहनुभएको छ।’

असार २८, २०८० बिहीबार १४:३२:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।