शोकमा रहेका प्रधानमन्त्रीको औपचारिक कार्यक्रम असार ३० गतेसम्म स्थगित

शोकमा रहेका प्रधानमन्त्रीको औपचारिक कार्यक्रम असार ३० गतेसम्म स्थगित

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को औपचारिक कार्यक्रम असार ३० गतेसम्मका लागि स्थगित गरिएको छ। 

पत्नी सीता दाहालको निधनका कारण शोकमा रहेका प्रधानमन्त्री प्रचण्डले सरकारी, राजनीतिक तथा कूटनीतिक छलफल र भेटघाटलाई ३० गतेसम्मका लागि स्थगित गरेका हुन्। 

प्रधानमन्त्री पत्नी सीता दाहालको बुधबार ६९ वर्षको उमेरमा निधन भएको थियो। जसकारण समवेदना दिन बालुवाटार आउनेहरुसँग भेटघाट बाहेक प्रधानमन्त्रीका अन्य कार्यक्रम स्थगित गरिएको उनका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए।

असार ३० गतेसम्म प्रधानमन्त्री सिंहदरबार पनि जाने छैनन्।

असार २८, २०८० बिहीबार १४:२१:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।