९१ लाखको लोभ देखाएर १ लाख ३० हजार ठगी, वार्षिक १ अर्बको कारोबार

९१ लाखको लोभ देखाएर १ लाख ३० हजार ठगी, वार्षिक १ अर्बको कारोबार

काठमाडौं : सामाजिक सञ्जालको दुरूपयोग गरी रकम ठगी गरेको अभियोगमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा झापा बिर्तामोड नगरपालिका–५ ईन्द्रटोल बस्ने भारत उत्तराखण्ड पौडी गढवाल भृगुखाल घर भएका २५ वर्षीय प्रविण भट्टसहित सात जना रहेका छन्।

उदयपुर कटारी नगरपालिका–४ बस्ने ३६ वर्षीया महिलालाई सामाजिक सञ्जाल फेसबुकको म्यासेन्जर तथा ह्वाट्सएप मार्फत कुराकानी हुँदै जाँदा अमेरीकी डलर ७० हजार अर्थात नेपाली ९१ लाख रुपैयाँ पठाइदिएको छु भन्दै त्यसको ट्याक्स वापत १ लाख ३० हजार ६ सय २७ रुपैयाँ पठाउन लगाई ठगी गरेको खुल्न आएको प्रहरीले जनाएको छ।

साथै उनीहरूले खोलेको संस्थाको खातामा एक वर्षमा १ अर्ब ९ करोड १ लाख ४२ हजार ३ सय ९३ रुपैयाँको कारोबार भएको अनुसन्धानको क्रममा खुल्न आएको छ।

उनीहरूउपर मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) र संगठित अपराध सम्बन्धी कसूरमा जिल्ला अदालत उदयपुरबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ।
 

असार २८, २०८० बिहीबार १४:०८:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।