हुम्लाको कालिका केन्द्रबिन्दु भएर भूकम्प, हिमाली र पहाडी क्षेत्रमा भूकम्प जाने क्रम जारी

हुम्लाको कालिका केन्द्रबिन्दु भएर भूकम्प, हिमाली र पहाडी क्षेत्रमा भूकम्प जाने क्रम जारी

काठमाडौं : हुम्लाको कालिका आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ।

राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बिहीबार बिहान ११ बजेर १७ मिनेट जाँदा हुम्लाको कालिका आसपास केन्द्रबिन्दु भएर ४.६ रेक्टरस्केलको भूकम्प गएको हो।

यसअघि गत असार २५ गते सिन्धुपाल्चोकको बाह्रबिसे आसपास केन्द्रबिन्दु भएर ३.८ रेक्टरस्केलको भूकम्प गएको थियो।

पछिल्लो समय नेपालको पूर्वी तथा पश्चिमी हिमाली र पहाडी क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प जाने क्रम जारी छ। 

असार २८, २०८० बिहीबार १२:५५:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।