उपनिर्वाचनपछि प्रधानमन्त्रीले नबोलाको होइन, तर हाम्रो सरकारमा जाने कुनै योजना छैन : रवि लामिछाने

उपनिर्वाचनपछि प्रधानमन्त्रीले नबोलाको होइन, तर हाम्रो सरकारमा जाने कुनै योजना छैन : रवि लामिछाने

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले हाल पार्टीको सरकारमा सहभागी हुने कुनै योजना नरहेको बताएका छन्।

बिहीबार संसदीय मामिला पत्रकारहरुसँग कुरा गर्दै उनले रास्वपा सरकारको स्थायित्वको पक्षमा भने रहेको बताए। 

उनले उपनिर्वाचनपछि प्रधानमन्त्रीले सरकारमा सहभागी हुन भनेर प्रस्ताव राखेको तर आफूहरुले जाने इच्छा व्यक्त नगरेको बताए।

‘हामी अहिले संगठन निर्माणमा लागेका छौं। हामी सरकारमा जाने रेसमा छैनौं। तर, सरकारको स्थायित्वको पक्षमा भने रास्वपा छ,’ उनले भने, ‘जनतामा सरकार आजै ढल्ला कि, गठबन्धन परिवर्तन भइहाल्ला कि भन्ने वातावरण भने नबनोस् भन्ने हामी चाहन्छौं।’

असार २८, २०८० बिहीबार १२:४९:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।