घरमै बसिरहेका बेला चट्याङ लागेर गुल्मीमा एक किशोरीको मृत्यु

घरमै बसिरहेका बेला चट्याङ लागेर गुल्मीमा एक किशोरीको मृत्यु

गुल्मी : गुल्मीमा चट्याङ लागेर १५ वर्षीया किशोरीको मृत्यु भएको छ। चट्याङ लागेर मुसिकोट नगरपालिका–१ नेटा सिम्लेकी टीका बलालको मृत्यु भएको हो। 

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नवीन किशोर प्रधानका अनुसार बुधबार साँझ आफ्नै घरमा बसिरहेको समयमा चट्याङ लाग्दा बलाल घाइते भएकी थिइन्।

उनको उपचारका क्रममा बागलुङको बुर्तिबाङ प्राथमिक केन्द्रमा मृत्यु भएको हो। 

असार २८, २०८० बिहीबार १२:०२:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।