राजदूत नियुक्ति छिट्टै हुनेछः परराष्ट्रमन्त्री

राजदूत नियुक्ति छिट्टै हुनेछः परराष्ट्रमन्त्री

काठमाडौँ : परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले राजदूत नियुक्ति प्रक्रिया छिट्टै टुंगिने बताएका छन्।

बिहीवार राष्ट्रिय सभाको बैठकमा मन्त्री साउदले हाल स्थायी नियोग, न्युयोर्क तथा जेनेभा, क्यानडा, फ्रान्स, थाइल्याण्ड, यूएई र कुवेत गरी ७ स्थानमा राजदूत पद रिक्त रहेको जानकारी गराउँदै नियुक्ति सम्बन्धमा उच्च तहमा छलफल भइरहेको बताए।

५० प्रतिशत राजदूत नियुक्त परराष्ट्र र ५० प्रतिशत परराष्ट्र बाहिरबाट गरिने उनले बताए। 

मन्त्री साउदले विदेशमा अप्ठ्यारोमा परेका नेपालीको उद्धारका लागि सहजीकरण गर्ने कामलाई नियोगहरूले उच्च प्राथमिकता राखेका पनि बताए।  

 

असार २८, २०८० बिहीबार ११:४६:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।