सुदूरपश्चिम भौतिक मन्त्रालयको स्पष्टोक्ति : आरजु राणाको घर मर्मतका लागि बजेट छुट्याइएको होइन

सुदूरपश्चिम भौतिक मन्त्रालयको स्पष्टोक्ति : आरजु राणाको घर मर्मतका लागि बजेट छुट्याइएको होइन

काठमाडौँः सुदूरपश्चिम प्रदेश सरकारले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवापत्नी आरजु राणा देउवाको घर मर्मत गर्न कुनै पनि प्रकारको बजेट विनियोजन नगरेको स्पष्ट पारेको छ। 

केही सञ्चारमाध्यममा 'धनगढीमा आरजु राणाको घर मर्मत गर्न सुदूरपश्चिम प्रदेश सरकारले १० लाख बजेट छुट्याएको' शीर्षकमा समाचार लेखेको भन्दै प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको आफ्नो ध्यानाकर्षण भएको बताएको छ। 

हिजो (बुधबार) जारी मन्त्रालयको विज्ञप्तिमा लेखिएको छ, 'नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र आरजु राणा देउवाको समेत नाम जोडेर प्रकाशित गरेको समाचार कपोकल्पित, भ्रामक र तथ्यहीन रहेको छ।' 

भौतिक पूर्वाधार विकासमन्त्रीको आवास भवन मर्मत तथा रंगरोगन गर्ने कार्यका लागि बजेट विनियोजन गरिएको पनि मन्त्रालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ। 

'हालसम्म पनि माननीय मन्त्रीज्यू आफ्नै निजी निवासमा बसी आउनुभएको र मन्त्रालयबाट निवासका लागि कुनै पनि किसिमको सेवा सुविधा समेत नलिएको व्यहोरा जानकारी गराउँदछौं', विज्ञप्तिमा उल्लेख छ। 

असार २८, २०८० बिहीबार ०८:३६:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।