मुद्दा जितेपछि नायिका साम्राज्ञीले रुँदै जारी गरिन् भिडियो सन्देश

मुद्दा जितेपछि नायिका साम्राज्ञीले रुँदै जारी गरिन् भिडियो सन्देश

काठमाडौँ :भुवन केसीले १० करोडको क्षतिपूर्ति माग्दै दायर गरेको मुद्दा जितेपछि नायिका साम्राज्ञी आरएल राणाले इन्ट्रागाममा भिडियो पोस्ट गरिन्। उनले भिडियो सन्देशबाट सहयोग गर्ने सबैलाई धन्यवाद दिइन् अनि बिचबिचमा भक्कानिइन्।

उनले इन्टाग्राममै फिल्म क्षेत्रमा आफूले गरेको अनुभव अनि भोगेको घटना सुनाउँदा भुवन केसीले १० करोड क्षतिपूर्ति माग्दै मुद्दा हालेका थिए।

उनले प्रारम्भमा कसैको नाम लिएकी थिइनन्। केसीले नै कटाक्ष गरेर सामाजिक सञ्जालमा लेखेपछि उनले नाम लिएकी थिइन्। तीन वर्षपछि मुद्दाको फैसला हुँदा केसीले हारे।

बुधबार इन्स्टामा राखिएको राणाको भिडियोमा उनले आफूले भोगेको कुरा भन्दा १० करोडको मुद्दा खेप्नु परेको भन्दै अन्तमा जित भएको भनेकी छिन्।

'मैले फिल्म क्षेत्रको मेरो यात्रा सुनाएको थिएँ । म कस्तो अवस्थाबाट गुज्रिए भन्ने कुरालाई पनि सुनाएकी थिएँ । हामी हाम्रो सपना साकार गर्न सक्छौँ तर तपाईँ सज हुनुपर्छ' उनले भनेकी छिन्' ममाथि १० करोडको मुद्दा लाग्यो। त्यो व्यक्तिले आफ्नो शक्ति र फिल्म क्षेत्रबाट पाएको साथ/सहयोग प्रदर्शन गर्यो । ममाथि १० करोडको मुद्दा लगाएर मैमाथि बुलिङ भयो।'

उनले अब च्याप्टर क्लोज भएको र जीवनको नयाँ कोर्स थालनी गर्ने बताइन्। तर केसीले फैसलामा चित्त नबुझाए उच्च अदालतमा अझै पुनरावेदनमा जान सक्छन्। 

असार २८, २०८० बिहीबार ०१:०८:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।