यौन दुर्व्यवहारको आरोपले बेइज्जत भएको भुवन केसीको दाबी अदालतले स्विकारेन, साम्राज्ञीविरुद्धको मुद्दा हारे

यौन दुर्व्यवहारको आरोपले बेइज्जत भएको भुवन केसीको दाबी अदालतले स्विकारेन, साम्राज्ञीविरुद्धको मुद्दा हारे

काठमाडौँ : यौन दुर्व्यवहारको आरोपविरुद्ध अभिनेता भुवन केसीले अभिनेत्री साम्राज्ञी आरएल शाहविरुद्ध हालेको गाली बेइज्जतीको मुद्दा हारेका छन्। नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष समेत रहेका केसीले साम्राज्ञीविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए।

भुवनले साम्राज्ञीले आफूलाई जथाभाबी आरोप लगाएर गाली बेइज्जती गरेको भन्दै १० करोड क्षतिपूर्ति माग गर्दै मुद्दा दायर गरेका थिए।

मेलमिलाप गराउने अदालतको प्रयास सफल नभएपछि नियमित सुनुवाइको प्रक्रियामा गएको अदालतको इजलासले बुधवार केसीको दाबी नपुग्ने फैसला गरेको गरेको हो।  

जिल्लाको फैसलामा चित्त नबुझे भुवनपक्ष उच्च अदालतमा पुनरावेदन जाने कानुनी बाटो भने खुला छ।

यौन दुर्व्यवहार घटनाविरुद्ध विश्वब्यापीरुपमा मिटु अभियान चलिरहेको बेला इन्स्टाग्राममार्फत साम्राज्ञीले कसैको नाम नलिई फिल्म क्षेत्रमा आफूले भोगेको दुर्व्यवहारबारे बोलेकी थिइन्।

जुन बेला साम्राज्ञीले आफूमाथि भएको दुर्व्यवहारको घटना सार्वजनिक गरिन् त्यही समयमा अर्की एक महिलाले केसीले आफूमाथि गरेको दुर्व्यवहार प्रमाणसहित सार्वजनिक गरेकी थिइन्।

कोरोनाकालमा साम्राज्ञीले आफ्नो इन्स्टाग्राम अकाउन्टमा भिडियो पोस्ट गर्दै नेपाली चलचित्र उद्योगमा काम गर्ने क्रममा तीन वटा ब्यानरबाट निकै दुःख पाएको सार्वजनिक गरेकी थिइन्।

एकाएक केसीले फेसबुकमा 'जुन थालमा खायो, त्यही थालमा दुलो पार्यो' लेख्दै प्रतिवाद गरे। अनि साम्राज्ञीले थप आरोपसहित नाम खुलाइन्।

'एक अवार्ड कार्यक्रममा सहभागी हुन जापान जाँदा केसीले आफूसँग गाला जोडेर बोल्न खोजेको, अङ्कमाल गरेर ह्यारेस गरेको' उनको आरोप थियो। त्यसपछि केसी काठमाडौँ जिल्ला अदालत गएका थिए।

जुन बेला साम्राज्ञीले आफूमाथि भएको दुर्व्यवहारको घटना सार्वजनिक गरिन् त्यही समयमा अर्की एक महिलाले केसीले आफूमाथि गरेको दुर्व्यवहार प्रमाणसहित सार्वजनिक गरेकी थिइन्। दुई वर्षअघि क्यानडामा रहेकी ती महिलाले सामाजिक सञ्जालको स्क्रिनसटसहित भुवनले आफूमाथि गरेका दुर्व्यवहारको घटना सार्वजनिक गरेकी थिइन्।

उनले आफूले साम्राज्ञीको फिल्महरू हेरे पनि व्यक्तिगत रूपमा नचिनेको भन्दै साम्राज्ञीको भिडियोमा आएको प्रतिक्रिया हेरेपछि उनलाई सहयोग पुगोस् भनेर केसीले आफूलाई गरेको दुर्व्यवहारबारे सार्वजनिक गरेको बताएकी थिइन्।

सम्बन्धित समाचार

असार २७, २०८० बुधबार २०:०५:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।