अन्तर्राष्ट्रिय खेलबाट सन्यासबारे सोचेको छैन : मेस्सी

अन्तर्राष्ट्रिय खेलबाट सन्यासबारे सोचेको छैन : मेस्सी

एजेन्सी : अर्जेन्टिनाका स्टार स्ट्राइकर लियोनल मेसीले राष्ट्रिय टोलीबाट सन्यासको बारेमा नसोचेको बताएका छन्।

जुनमा पेरिस सेन्ट जर्मेन (पिएसजी)बाट छुटेपछि इन्टर मियामीबाट पहिलो पटक खेल्ने तयारी गरिरहेका बेला उनको यस्तो टिप्पणी आएको हो।

अर्जेन्टिनाको टेलिभिजनमा प्रशारण भएको एक अन्तर्वार्तामा ३६ वर्षीय मेस्सीले भने, ‘तार्किक र"पमा मेरो उमेरका कारण सन्यास धेरै टाढा हुनेछैन। त्यो क्षण कहिले आउँछ मलाई ठ्याक्कै थाहा छैन। म दिनदिनै नयाँ कुरा सिकिरहेको छु र यसबाट आनन्द लिइरहेको छु।’

गत डिसेम्बरमा कतारमा अर्जेन्टिनालाई विश्वकप जिताएपछि मेसीले फुटबलमा आफूले आशा गरेका सबै कुरा हासिल गरेको बताएका थिए। अर्जेन्टिनी कप्तानले फाइनलमा दुई गोल गरेपछि प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई प्रदान गरिने गोल्डेन बलसमेत जितेका थिए।

मेस्सीलाई अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासबारे सोधिएको प्रश्नमा उनले भने, ‘मलाई लाग्छ समय आएपछि यो कुरा स्वभाविक रूपमा हुनेछ। पछिल्लो समयमा सबै कुरा हासिल गरिसकेपछि त्यसको आनन्द लिनु मात्र बाँकी छ।’

असार २७, २०८० बुधबार २०:०४:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।