गगनसँगको सम्बन्धबारे स्वर्णिम भन्छन्- कांग्रेस छाडेपछि सम्पर्क भाछैन

गगनसँगको सम्बन्धबारे स्वर्णिम भन्छन्- कांग्रेस छाडेपछि सम्पर्क भाछैन

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका नेता एवं सांसद् डा. स्वर्णिम वाग्ललेले कांग्रेस छाडेपछि गगन थापासँग सम्पर्क नभएको बताएका छन्।

एक टेलिभिजन कार्यक्रमलाई दिइएको अन्तरवार्तामा वाग्लेले कांग्रेस छाडेपछि महामन्त्री थापासँग सम्पर्क नभएको बताएका हुन्।

प्रश्नकर्ताको गगन थापासँगको सम्बन्ध कस्तो छ अहिले भन्ने प्रश्नमा उनले भने, ‘मैले कांग्रेस छाडेपछि सम्पर्क भाछैन उहाँसँग।’

वाग्लेले ठूलो विरासत भएको पार्टी कांग्रेस अहिले त्यस्तो नरहेको र पार्टीको मूल नेतृत्वले आफ्नो नामै सुन्न नचाहेपछि परित्याग गरेको बताए।

‘ठूलो विरासत लिएर आएको पार्टी अहिले रहेन, वीपी कोइरालाको पार्टी रहेन के,’ उनले थपे, ‘म त यस्तो विन्दुमा पुगेँ, जबकी मूल नेतृत्वले त मेरो नामै सुन्न नचाहने।’

आफूलाई तनहुँको उपनिर्वाचन हराउन सत्ताधारी दलहरूले हदैसम्म गरेको उनको भनाइ छ।

असार २७, २०८० बुधबार १९:१७:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।