आमा गुमाएकी रेनुलाई बालेनको समवेदना- अभिभावकत्व ग्रहण गर्दै सबैलाई सम्हाल्नसक्ने क्षमता प्राप्त होस्

आमा गुमाएकी रेनुलाई बालेनको समवेदना- अभिभावकत्व ग्रहण गर्दै सबैलाई सम्हाल्नसक्ने क्षमता प्राप्त होस्

काठमाडौं : काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह बालेनले आमा गुमाएकी भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालप्रति समवेदना प्रकट गरेका छन्।

बुधबार सामाजिक सञ्जालमार्फत प्रमुख बालेनले रेनुकी आमा सीता दाहाललाई श्रद्धान्जली दिँदै परिवारको अभिभावकत्व ग्रहण गरेर सबैलाई सम्हाल्न सक्ने क्षमता प्राप्त होस् भन्ने कामना गरेका छन्।

उनले लेखेका छन्, ‘मेयर रेणु दाहालजीले ममतामयी आमा गुमाउनुको पीडाप्रति हार्दिक समवेदना प्रकट गर्दछु। सम्माननिय प्रधानमन्त्री समेत रहनुभएका तपाईंका पिताले सहयात्री, जिवनसङ्गी गुमाउनुभएको अवस्थामा तपाईंले परिवारमा अभिभावकत्व ग्रहण गर्दै सबैलाई सम्हाल्नसक्ने क्षमता प्राप्त होस् भन्ने कामना गर्दछु। साथै, स्वर्गीय  सीता दाहालप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु।’

बुधबार विहान ८ बजेर ३३ मिनेटमा प्रधानमन्त्री पत्नी एवं रेनुकी आमा सीताको निधन भएको थियो। लामो समयदेखि पार्किन्सन लगायतका रोगबाट ग्रसित उनले ६९ वर्षको उमेरमा थापाथलीको नर्भिक अस्पतालमा अन्तिम श्वास फेरेकी हुन्।

असार २७, २०८० बुधबार १७:४२:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।