सीतालाई दाहालको दागबत्ती

सीतालाई दाहालको दागबत्ती

काठमाडौं : पत्नी सीता दाहाललाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दागबत्ती दिएका छन्।

बुधबार विहान निधन भएकी सीतालाई प्रधानमन्त्री दाहालले पशुपति आर्यघाटमा दागबत्ती दिएका हुन्।

त्यसअघि नेपाली सेनाको एक टुकडीले सीतालाई राजकीय सम्मान दिएको थियो। उनको राजकीय सम्मानका साथ अन्त्येष्टी गरिएको छ।

लामो समयदेखि पार्किन्सन लगायतका रोगबाट ग्रसित सीता छोरा प्रकाशको मृत्युपछि अझ बढी गम्भीर भएकी थिइन्।

उनलाई उपचारका लागि प्रधानमन्त्री दाहालले भारत, सिंगापुर र अमेरिका लगे पनि रोग निको हुन सकेन।

असार २७, २०८० बुधबार १५:४३:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।