सीतालाई अंगाल्दै आर्यघाटमा भक्कानिएकी विना

सीतालाई अंगाल्दै आर्यघाटमा भक्कानिएकी विना

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको बुधबार विहान निधन भयो।

लामो समयदेखि पार्किन्सन लगायत अन्य स्वास्थ्य समस्याका कारण उनी थलिएकी थिइन्। नर्भिक अस्पतालम मृत्यु भएपछि उनलाई पेरिसडाँडास्थित पार्टी कार्यालय लगियो र त्यहाँबाट अन्त्येष्टीका लागि पशुपति आर्यघाट।

पशुपति आर्यघाटमा सयौंले सीतालाई अन्तिम श्रद्धान्जली दिए। पार्टीका शुभचिन्तक, सुरक्षा निकायका पदाधिकारी, कर्मचारी लगायत सर्वसाधारणले उनलाई अन्तिम श्रद्धान्जली दिए।

त्यहि क्रममा आइपुगिन् सीताकी बुहारी एवं दिवंगन प्रकाश दाहालकी श्रीमती विना मगर। सीताको पार्थिव शरीरमाथि फूलमाला चढाइन्। अंगालिन् र छेउमा बसेर डाँको छोडेर रुन थालिन्।

उनलाई त्यहाँ सँगै रहेका अन्य सदस्यले हटाउन खोज्दा उनी मानिनन्, झर्किइन् र झनै भक्कानिइन्। त्यसपछि अन्यले उनलाई सम्हाल्दै पछाडि लगे। पछि लगे पनि उनी रोइरहेकी थिइन्।

सीताको प्रिय सन्तान प्रकाश थिए। उनी जीवित रहेसम्म उनका हरेक काममा सुरक्षा कवच बनेर उभिएकी थिइन् सीता।

जतिसुकै आलोचना भए पनि अनि जति पटक बदमासी गरे पनि उनको आमाको मनले प्रकाशलाई टाढा राख्न सकेन।

छोरा प्रकाश विना मगरसँग विवाह गरी भागेर भारत पुग्दा पनि श्रीमान्लाई मनाएर बुहारीको रूपमा घरमा भित्र्याउन महत्त्वपूर्ण भूमिका खेलेकी थिइन् सीताले।

असार २७, २०८० बुधबार १५:३७:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।