जरायोको मासुसहित तीन जना पक्राउ

जरायोको मासुसहित तीन जना पक्राउ

सुर्खेत : जिल्लामा जरायोको मासुसहित तीन जनलाई प्रहरीले पक्राउ गरेको छ।

वीरेन्द्रनगर नगरपालिका–१० नयाँगाउबाट जरायोको करिब ७ केजी मासुसहित सोही ठाउँ बस्ने ५२ वर्षीय डम्बर बहादुर थारूसमेत तीन जनलाई प्रहरीले बुधबार विहान पक्राउ गरेको हो।

प्रहरी चौकी सुब्बाकुनाबाट खटिएको गस्ती प्रहरी टोलीले थारुको घरबाट जरायोको मासुसहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

असार २७, २०८० बुधबार १४:३४:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।