हवल्दार कुटेको अभियोगमा प्रकाश केसी पक्राउ, अन्य तीन जना फरार

हवल्दार कुटेको अभियोगमा प्रकाश केसी पक्राउ, अन्य तीन जना फरार

सुर्खेत : वीरेन्द्रनगर नगरपालिका–७ क्याम्पस रोडस्थित ड्युटीमा खटिएका प्रहरी हवल्दारमाथि कुटपिट तथा हातपात गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सोही ठाउँ बस्ने २७ वर्षीय प्रकाश केसी रहेका छन्। उनलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो।

जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उक्त ठाउँमा चेकजाँच गर्ने क्रममा क.प्र. ०२००१ प १५२८ नम्बरको मोटरसाइकलमा सवार प्रकाश समेतका ४ जनाले चेकिङमा खटिएका प्रहरी सहायक हवल्दारलाई एक्कासी हातपात तथा कुटपिट गरका थिए।

घटनामा संलग्न अन्य ३ जनाको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

असार २७, २०८० बुधबार १४:२३:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।