सीता दाहालको निधनमा भारतीय प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

सीता दाहालको निधनमा भारतीय प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

काठमाडौँ : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सीता दाहालको निधनप्रति समवेदना प्रकट गरेका छन्। 

नेपाली भाषामै उनले लेखेका छन्-श्रीमती सीता दाहालको दुःखद निधन भएको खबरले मर्माहत भएको छु। @cmprachanda प्रति हार्दिक समवेदना प्रकट गर्दै दिवंगत आत्मालाई चिरशान्ति मिलोस् भनी प्रार्थना गर्दछु।

​​​​​​​प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डपत्नी सीताको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि अहिले नेकपा माओवादी पार्टी मुख्यालय पेरिसडाँडा लगिएको छ। उनको आज बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको थियो। 

२७ असार, २०८०, १३:२६:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।