सीता दाहालको निधनप्रति सभामुखद्वारा दुःख व्यक्त

सीता दाहालको निधनप्रति सभामुखद्वारा दुःख व्यक्त
फाइल तस्वीर

काठमाडौँः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधनमा सभामुख देवराज घिमिरेले दुःख व्यक्त गर्दै श्रद्धाञ्जलि व्यक्त गरेका छन्।  

सीताको निधनको खबरले आफू स्तब्ध भएको उनले बताएका छन्। साथै शोकाकुल परिवारजनप्रति समवेदना व्यक्त गरेका हुन्। 

आज बिहान साढे ८ बजे थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा सीताको निधन भएको हो। 

सीताको शव आज बिहान ११ बजे नेकपा माओवादी केन्द्रीय कार्यालय पेसिसडाँडा कोटेश्वरमा श्रद्धाञ्जलिका लागि राखिने र २ बजे आर्यघाटमा दाहसंस्कार गरिने जनाइएको छ। 

असार २७, २०८० बुधबार १०:१२:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।