सीता दाहालको निधनका कारण आज बस्ने भनिएको कांग्रेस बैठक स्थगित

सीता दाहालको निधनका कारण आज बस्ने भनिएको कांग्रेस बैठक स्थगित

काठमाडौँः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डपत्नी सीता दाहालको निधनका कारण नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक स्थगित भएको छ।

बैठक आज दिउँसो १ बजेलाई तय गरिएको थियो। सीता दाहालको आज साढे ८ बजे थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो। 

आज रोकिएको बैठक साउन २ गतेदेखि बस्ने नेपाली कांग्रेसले जनाएको छ। 

असार २७, २०८० बुधबार ०९:५१:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।