आफ्नो हवाई क्षेत्रमा अमेरिकी विमान आठ पटक प्रवेश गरेको भन्दै कारबाही गर्ने चेतावनी

आफ्नो हवाई क्षेत्रमा अमेरिकी विमान आठ पटक प्रवेश गरेको भन्दै कारबाही गर्ने चेतावनी

एजेन्सी : उत्तर कोरियाले आफ्नो आर्थिक क्षेत्रमाथि संयुक्त राज्य अमेरिकाले आठ पटक गैरकानुनी रूपमा उडान गरेको आरोप लगाउँदै जवाफी कारबाही गर्ने चेतावनी दिएको छ।

उत्तर कोरियाली नेता किम जोङ उनकी बहिनी एवं सत्तारुढ दलकी एक प्रमुख अधिकारी किम यो जोङले एक प्रेस विज्ञप्तिमार्फत अमेरिकालाई त्यस्तो चेतावनी दिएकी कोरियन सेन्ट्रल न्यूज एजेन्सी (केसीएनए)ले जनाएको छ।

उत्तर कोरियाको सार्वभौमसत्तामाथिको अतिक्रमणलाई प्रतिकार गर्ने उनको चेतावनीप्रति टिप्पणी गर्दै अमेरिकाले अन्तरराष्ट्रिय कानुनअनुसार सुरक्षित एवम् जिम्मेवारीपूर्वक उडान भर्दै आएको स्पष्ट गरेको छ।

अमेरिकी वायुसेनाको रणनीतिक जासुसी विमान कोरियाको पूर्वी सागरमा रहेको आर्थिक जल क्षेत्रमा गैरकानुनी रूपमा घुसपैठ गरेको आरोप प्योङयाङले लगाएको छ।

हिजो अमेरिकी वायुसेनाको एउटा विमानले ५ः१५ देखि १३ः१० सम्म हवाई जासुसी गरेको ओरोप लगाइएको छ।

अमेरिकी रक्षा मन्त्रालयका सहायक प्रेस अधिकृत सब्रिना सिंहले अन्तरराष्ट्रिय कानुनअनुसार आफ्ना साझेदार मुलुक र मित्रहरूका जल र वायु क्षेत्रमा जहाँसुकै सञ्चान गर्नसक्ने बताउँदै कोरियाली आरोपलाई अस्वीकार गरेकी छन्।

असार २६, २०८० मंगलबार २२:३४:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।