मन्त्रीको भनाइमाथि स्वाथ्यकर्मी महासंघको खेद प्रकट, नैतिकता देखाउन आव्हान

मन्त्रीको भनाइमाथि स्वाथ्यकर्मी महासंघको खेद प्रकट, नैतिकता देखाउन आव्हान

काठमाडौं : राष्ट्रिय स्वास्थ्यकर्मी महासंघले स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतको अभिव्यक्तिप्रति खेद प्रकट गरेको छ।

मंगलबार अध्यक्ष डा. झलक गौतमले विज्ञप्ति निकालेर आफ्नो समस्या समाधानको लागि निवेदन गर्न आएका स्वास्थ्यकर्मीलाई स्वास्थ्यमन्त्रीले ‘डोरी दिएर झुन्डिन पठाउनु’ भन्ने अभिव्यक्ति दिएकोमा खेद प्रकट गरेका हुन्।

महासंघले मन्त्रीको भनाइलाई गैह्रकानूनी, गैह्रजिम्मेवारपूर्ण र आपत्तिजनक भनेको छ। साथै उसले आत्महत्या दुरुत्साहन गराउने अभिव्यक्ति दिएकोमा पदीय गरिमाको अवमूल्यन भएकाले नैतिकता प्रदर्शन गर्नसमेत आव्हान गरेको छ।

सोमबार स्वास्थ्यमन्त्री बस्नेतले सरुवामा चित्त नबुझाएर केही स्वास्थ्यकर्मीले आत्महत्या गर्छु भनेर आएपछि आफूले डोरी दिएर झुन्डिन भनेको बताएका थिए।

‘केही मान्छेको सरुवा गर्यौँ, तर यहि ठाउँमा थमौती गर्नुपर्छ भनेर विभिन्न किसिमका तागतहरू प्रयोग गरेर आए। हुँदा-हुँदा कोही-कोही त यहाँ आत्महत्या गर्छु भनेर पनि पनि आएछन्,’ पत्रकार सम्मेलनमा उनले भनेका थिए, ‘सचिवहरूले त्यो कुरा मलाई भन्नुभयो। तर मैले त कुरा बुझ्या छु। उसो भए डोरी लगेर दिनुहोस् भनेँ, सचिवज्यूकोमा झुण्डिन मन लागेन भने मन्त्रीको गेटमा झुण्डिनुस् भन्दिनुँ भनिदिए।’

असार २६, २०८० मंगलबार २१:२७:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।