मिटरब्याज पीडित समस्या समाधान आयोगको अवधि तीन महिना थप

मिटरब्याज पीडित समस्या समाधान आयोगको अवधि तीन महिना थप

काठमाडौं : सरकारले मिटर ब्याजपीडित समस्या समाधान आयोगको अवधि थप गरेको छ।

गृह मन्त्रालयको प्रस्तावमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले अनुचित लेनदेन (मिटर ब्याज पीडित) समस्या समाधान आयोगको अवधि तीन महिना थप गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।

सरकारले तीन महिनाको समयावधिसहित गठन गरेको आयोगले अझै काम सम्पन्न गर्न समय लाग्ने भएपछि अर्को तीन महिना म्याद थपिएको सञ्चार तथा सूचना प्रविधि मन्त्रीसमेत रहेकी शर्माको भनाइ छ।

गत चैत २० गते सर्वोच्च अदालतका पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको  अध्यक्षतामा गठन गरिएको आयोगमा पूर्व एआईजी उत्तमराज सुवेदी र पूर्व सहमहान्यायधिवक्ता गणेशबाबु अर्याल सदस्य छन्।

असार २६, २०८० मंगलबार १९:२९:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।