बैंकको नक्कली कर्मचारीलाई पत्याउँदा ठगियो ११ लाख

बैंकको नक्कली कर्मचारीलाई पत्याउँदा ठगियो ११ लाख

काठमाडौँ :  बैंकको कर्मचारी हुँ भन्दै ११ लाख ठगी गरेको आरोपमा २१ वर्षका महमद मोजाहिद्दिन मिया पक्राउ परेका छन्। उनले विभिन्न व्यक्तिलाई सहयोग गर्ने भन्दै ओटिपी कोड मागेर रकम आफ्नो खातामा ट्रान्सफर गरेको आरोपमा उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो।

कार्यालयका अनुसार उनले मोबाइलबाट कल गरेर विभिन्न बैकको आधिकारिक कर्मचारी हुँ भन्दै बैक खातासँग वालेट आइडी जोड्ने, खाता नवीकरण,  केवाइसी फर्म अपडेट, स्टेटमेन्ट भेरीफाई लगायतका काम गरिदिने भन्दै बैक खाता लगायत ओटिपी कोड लिएर पैसा आफ्नो खातामा ट्रान्सफर गर्ने गरेको देखिएको छ।

उनले यस विभिन्न व्यक्तिको खाताबाट ११ लाख १२ हजार रकम ट्रान्सफर गरेको प्रहरीको दाबी छ। प्रहरीले उनीमाथि ठगी सम्बन्धी कसुरको आरोप लगाएको छ।

असार २६, २०८० मंगलबार १९:१२:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।