मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा मृतकको शव शिक्षण अस्पताल ल्याइयो

मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा मृतकको शव शिक्षण अस्पताल ल्याइयो

काठमाडौं : सोलुखुम्बुमा भएको मनाङ एयरको हेलिकप्टर दुर्घटनामा मृत्यु भएका ६ जनाकै शव त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा ल्याइएको छ।

पोस्टमार्टमको लागि शवलाई हेलिकोप्टरमार्फत अस्पताल ल्याइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंले जनाएको छ।

यसअघि साँझ साढे पाँच बजेसम्म चार शव मात्र ल्याइएकोमा अहिले ६ बजे थप दुई शव ल्याइएको विमानस्थल प्रशासनले जनाएको छ।

सरकारले दुर्घटनाबारे अध्ययन गर्न सरकारले छानबिन समिति बनाउने भएको छ।

सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर मंगलबार सोलुखुम्बुको लिखुपिकेमा दुर्घटना भएको थियो।

दुर्घटनामा मेक्सिकोका ५ जना यात्रुसहित पाइलट चेतबहादुर गुरुङको मृत्यु भएको छ।

Updated information regarding the rescue operation of 9NAMV:
All six dead bodies have been air lifted to Kathmandu Teaching hospital for post-mortem.

— TIA,Kathmandu (@TIACAO2) July 11, 2023

असार २६, २०८० मंगलबार १८:०३:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।