सरकारले मनाङ एयरको हेलिकप्टर दुर्घटनाबारे छानबिन गर्न समिति बनाउने

सरकारले मनाङ एयरको हेलिकप्टर दुर्घटनाबारे छानबिन गर्न समिति बनाउने

काठमाडौं : मंगलबार सोलुखुम्बुमा भएको मनाङ एयरको हेलिकप्टर दुर्घटनाबारे अध्ययन गर्न सरकारले छानबिन समिति बनाउने भएको छ। 

संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री सुदन किरातीले मंगलबार जनकपुरमा आयोजित एक कार्यक्रममा हेलिकप्टर दुर्घटनाबारे छानबिन समिति बनाउने बताएका हुन्।

सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर मंगलबार सोलुखुम्बुको लिखुपिकेमा दुर्घटना भएको हो।

दुर्घटनामा परी मेक्सिकोका ५ जना यात्रुसहित पाइलट चेतबहादुर गुरुङको मृत्यु भएको छ।

असार २६, २०८० मंगलबार १७:४०:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।