विराटनगरको सडकमा साइकल चालकलाई कुटेर घिसार्ने भेटवालविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता

विराटनगरको सडकमा साइकल चालकलाई कुटेर घिसार्ने भेटवालविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता

विराटनगर : विराटनगरको सडकमा साइकलमा सवार २७ वर्षीय पवन शाहलाई मुक्काले हानेर लडाएपछि सडकमा घिसारेको घटनामा संलग्न १९ वर्षीय आयुष भेटवालविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको छ।

साइकल चालकले नहेरी बाटो काटेको झ्वाँकमा विराटनगरका १९ वर्षीय भेटवालले मुक्काले हानेर लडाएपछि सडकमा दुवै खुट्टा समातेर घिसारेका थिए। घटना असार १९ गते साँझको भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

प्रहरीले बाटो काट्दा नहेरी बाटो काटेको रिसमा आयुषले बाटो काट्ने साइकलमा सवार विराटनगर ४ का पवन साहालाई कुटपिट गरेको जनाएको छ।

घटनामा संलग्न १८ वर्षीय कुशल भेटवाल र तेह्रथुम घर भएका ३० वर्षीय रोशन कार्कीको खाेजी जारी राखेकाे नेपाल प्रहरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

असार २६, २०८० मंगलबार १६:५३:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।