शिक्षकसँग १६ हजार घुस लिंदै गर्दा रंगेहात समातिए विद्यालयका प्रधानाध्यापक

शिक्षकसँग १६ हजार घुस लिंदै गर्दा रंगेहात समातिए विद्यालयका प्रधानाध्यापक

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले १६ हजार घुस लिंदै गर्दा विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समितिका अध्यक्षलाई काठमाडौंबाट रंगेहात पक्राउ गरेको छ।

आयोगको टोलीले कागेश्वरी–मनोहरा नगरपालिका–१ गागलफेदीस्थित सिद्दिगणेश माध्यामिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष राजकुमार थापा र प्रधानाध्यापक बुद्धिविलास धिताललाई घुस लिंदै गर्दा मंगलबार पक्राउ गरेको हो।

आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाका अनुसार शिक्षक छनोटका क्रममा शिक्षकबाट घुस लिंदै गर्दा अध्यक्ष र प्रधानाध्यापकलाई गागलफेदी बसपार्कस्थित गोरखकाली मल्टिशपबाट पक्राउ गरिएको हो।

उनीहरुसँग आवश्यक अनुसन्धान भइरहेको सहायक प्रवक्ता थपलियाले बताए।

असार २६, २०८० मंगलबार १६:१९:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।