६० वर्षीय महिला बलात्कार आरोपमा २५ वर्षीय युवक पक्राउ

६० वर्षीय महिला बलात्कार आरोपमा २५ वर्षीय युवक पक्राउ

दैलेख : ६० वर्षीया महिला बलात्कारको आरोपमा २५ वर्षीय युवक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा गुरास गाउँपालिका–५ कुटिभैरी बस्ने २५ वर्षीय तेज बहादुर नेपाली रहेका छन्। उनलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो।

नेपालीले ती महिलालाई गत असार २१ गते साँझ सोही ठाउँस्थित गोरेटो बाटो छेउको झाडीमा जबरजस्ती करणी गरेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।

दुवै घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

असार २६, २०८० मंगलबार १४:२०:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।