राष्ट्रिय सभा सदस्य मिश्रको प्रश्न : तस्करीको मल किन समातिँदैन?

राष्ट्रिय सभा सदस्य मिश्रको प्रश्न : तस्करीको मल किन समातिँदैन?

काठमाडौँ :  राष्ट्रिय सभा सदस्य नारायणदत्त मिश्रले भारतबाट ट्रकका ट्रक मल तस्करी भएर नेपाल आउँदा पनि नसमातिएको भन्दै सरकारलाई प्रश्न सोधेका छन्। उनले किसानले भारतबाट ल्याउने एक-दुई बोरा मल समात्ने तर ट्रकका ट्रक मल तस्करी हुँदा नसमातिने भन्दै प्रश्न उठाएको हो।

मङ्गलवार बैठकमा बोल्दै मिश्रले भने' भारतबाट एक दुई बोरा मल ल्याउने किसानको मल समात्ने तर ट्रकका ट्रक पास हुने मल समातेको भन्ने कुरा सुनिँदैन।'

उनले अवैधानिक बाटोबाट मल ल्याउनेहरूलाई कारबाही गर्न माग गर्दै समयमा मलको पर्याप्त व्यवस्था गर्न आग्रह गरेका थिए।

असार २६, २०८० मंगलबार १३:५६:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।