दुर्घटनाग्रस्त अवस्थामा भेटियो मनाङ एअरको हेलिकोप्टर, पाँच जनाको शव फेला

दुर्घटनाग्रस्त अवस्थामा भेटियो मनाङ एअरको हेलिकोप्टर, पाँच जनाको शव फेला

आज बिहान १० बजेबाट बेपत्ता भएको मनाङ एअरको हेलिकोप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ। 

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त भएको हो।

बिहान ९ : ५२ मा सुर्केबाट उडेको मनाङ एयरको नाइन एन - एएमभी कलसाइनको हेलिकोप्टर लिखुपिके गाउँपालिका-५ भकान्जेस्थित लामाजुराको च्यानडाँडामा दुर्घटना भएको हो। 

हेलिकप्टरमा पाइलटसहित ६ जना चढेका थिए। पाइलट भने नेपाली हुन्। उनको नाम चेत गुरुङ रहेको खुलेको छ। अन्य ५ जना यात्रु विदेशी रहेको बताइएको छ।

घटनास्थलमा अहिले प्रहरी पुगेको छ। ५ जनाको शव भेटिएको छ। 

असार २६, २०८० मंगलबार १२:४१:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।