सोलुको लामजुरा पाससम्म ‘हेल्लो’ भन्ने सन्देश, त्यसपछि हेलिकोप्टर सम्पर्कविहीन

सोलुको लामजुरा पाससम्म ‘हेल्लो’ भन्ने सन्देश, त्यसपछि हेलिकोप्टर सम्पर्कविहीन

काठमाडौं : सोलुको लामजुरा पासबाट सम्पर्कविहीन भएको मनाङ एयरको हेलिकोप्टर खोजीका लागि प्रहरी त्यसतर्फ गएको छ।

सोलुखुम्बुबाट काठमाडौंका लागि आज बिहान उडेको मनाङ एयरको हेलिकोप्टर सम्पर्कविहीन भएको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार सोलुखुम्बुको सुर्केबाट ६ यात्रु बोकेर काठमाडौंका लागि उडेको मनाङ एयरको ९एनए–एमभी कलसाइन भएको हेलिकोप्टर १० बजेर १ मिनेटमा सम्पर्कविहीन भएको हो। 

 ‘मनाङ एयरको हेलिकोप्टर सम्पर्कबिहीन रहेको जानकारी आएको छ, टावरसँग सम्पर्क भएको छैन, लामजुरा पाससम्म आइपुग्दा हेलिकोप्टरसँग भाइबरमा ‘हेल्लो’ मात्रै सन्देश आएको जानकारी आएको छ, खोजी जारी छ,’ उनले भने।

असार २६, २०८० मंगलबार १२:३०:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।