बैतडीमा लम्पी स्किन महामारीकै रूपमा फैलिंदै, नौ हजार पशु मरे, ६४ हजार संक्रमित
बैतडी : बैतडीमा लम्पी स्किन रोग महामारीको रूपमा फैलिएको छ। घरपालुवा पशुमा देखिएको यो रोग नियन्त्रण बाहिर गएको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाटनले जनाएको छ।
यो रोगबाट हालसम्म ६४ हजार एक सय ९७ घरपालुवा पशु संक्रमित भएका छन् भने नौ हजार दुई सय ९८ पशु चौपाया मरिसकेका छन्।
यो रोग नियन्त्रण बाहिर पुग्दा पनि जिल्लामा हालसम्म खोपको उपलब्धता हुन नसकेको केन्द्रका पशु विकास अधिकृत तथा लम्पी स्किन सम्पर्क व्यक्ति डा. विशाल पाठकले जानकारी दिए।
यसको नियन्त्रणका लागि सामान्य औषधोपचार भइरहेको भए पनि नियन्त्रण हुन नसकेको उनको भनाइ छ। लम्पी स्किनका कारण बाच्छाबच्छी, गाई गोरु र भैंसी बढी प्रभावित भएका छन् ।
लम्पी स्किनबाट धमाधम पशु चौपाया मर्न थालेपछि किसान चिन्तित बनेका छन्। जिल्लाका ८४ वटै वडामा यो रोग फैलिसकेको छ।
असार २६, २०८० मंगलबार १२:०७:२२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।