बागलुङमा सडक खन्ने क्रममा जेसीबीले ठक्कर दिंदा बालकको ज्यान गयो

बागलुङमा सडक खन्ने क्रममा जेसीबीले ठक्कर दिंदा बालकको ज्यान गयो
सांकेतिक तस्बिर

बागलुङ : बागलुङ जिल्लाको बडिगाडमा सडक खन्ने क्रममा जेसीबीको ठक्करबाट बालकको मृत्यु भएको छ। 

बडिगाड गाउँपालिका–७ भत्रेनीबाट सोइरेनीसम्मको कच्ची सडक खन्ने क्रममा जेसीबीको ठक्करबाट स्थानीय भानबहादुर घर्तीको १४ वर्षीय छोरा सुनिलको सोमबार साँझ  मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक मदन केसीका अनुसार जेसीबी चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान थालिएको छ।

२६ असार, २०८०, ११:५१:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।