बाढी पहिरोबाट यो वर्ष अहिलेसम्म २५ जनाको मृत्यु

बाढी पहिरोबाट यो वर्ष अहिलेसम्म २५ जनाको मृत्यु

काठमाडौँः यो वर्ष मनसुन सुरु भएयता २५ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ। 

मन्त्रालय अन्तर्गतको विपद् पूर्व तयारी तथा प्रतिकार्य शाखाका अनुसार जेठ ३१ गतेबाट नेपालमा मनसुन प्रवेश गरेयता सोमबार साँझ पाँच बजेसम्म बाढी–पहिरोलगायतका प्रकोपबाट २५ जना बेपत्ता छन् भने १८ जना घाइते छन्। 

बाढी-पहिरोबाट हालसम्म ८३ घरमा पूर्ण क्षति पुगेको छ भनेर ११९ वटा घरमा आंशिक क्षति भएको प्रतिकार्य शाखाले जानकारी दिएको छ।

यो वर्ष बाढी–पहिरोबाट १२ लाख ५४ हजार प्रभावित हुने विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आकलन छ।

असार २६, २०८० मंगलबार १०:५९:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।