१७ वर्षीया छोरी बलात्कार गरेको कसुरमा ५० वर्षीय बुवालाई सुनाइयो ३३ वर्ष कैद

१७ वर्षीया छोरी बलात्कार गरेको कसुरमा ५० वर्षीय बुवालाई सुनाइयो ३३ वर्ष कैद

दैलेखः १७ वर्षीया छोरीलाई बलात्कार गरेको आरोप लागेका ५० वर्षीय बुबालाई ३३ वर्ष कैद सजाय सुनाइएको छ।

जिल्ला अदालत दैलेखका न्यायाधीश बलराम लम्सालको इजलासले उक्त फैसला सुनाएको हो। 

चैत १ गते बलात्कार गरेको भन्दै पीडित पक्षले चैत २१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो। 

बलात्कार गरेको पुष्टि भएपछि हाडनातामा २५ वर्ष र पीडितको उमेरअनुसार हुने बलात्कार सजाय ८ वर्षसमेत थपेर किशोरीका बुवालाई ३३ वर्ष कैद गरिएको अदालतको फैसलामा उल्लेख छ। 

साथै तीन लाख रुपैयाँ जरिवाना र ५० हजार रुपैयाँ पीडित बालिकालाई क्षतिपूर्ति भराउन भनिएको छ। 

असार २६, २०८० मंगलबार ०७:५९:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।