मृत्युअघि इटालीका पूर्वप्रधानमन्त्रीले प्रेमिकालाई श्रीमती घोषणा गरेर दिएका थिए १०० मिलियन युरो

मृत्युअघि इटालीका पूर्वप्रधानमन्त्रीले प्रेमिकालाई श्रीमती घोषणा गरेर दिएका थिए १०० मिलियन युरो

इटालीका दिवंगत पूर्वप्रधानमन्त्रीले आफ्नी ३३ वर्षकी प्रेमिकालाई १०० मिलियन सम्पत्ति छोडेर गएका छन्।

१७ वर्षसम्म इटालीको प्रधानमन्त्री रहेका सिल्भियो बर्लुस्कोनीको यही जुन १२ मा ८६ वर्षको उमेरमा निधन भएको थियो। 

एक वसियतमा उनको सम्पत्ति ६ अर्ब युरोभन्दा बढी रहेको उल्लेख छ। बर्लुस्कोनीकी प्रेमिका फसिना रहेको बताइएको छ। दुवैको सम्बन्ध मार्च २०२० मा सुरु भएको थियो। यद्यपि उनीहरूले कहिल्यै विवाह गरेका भन्ने खबरहरू नआएका टाइम्स अफ इन्डियाले लेखेको छ। 

बर्लुस्कोनीले आफ्नो अन्तिम क्षणहरूमा फासिनालाई आफ्नी पत्नीको रूपमा उल्लेख गरेका छन्। 

फासिना सन् २०१८ को आम निर्वाचनदेखि इटालीको तल्लो सदन संसदको सदस्य हुन्। उनी फोर्जा इटालिया पार्टीकी सदस्य हुन्, जसलाई बर्लुस्कोनीले नै १९९४ मा स्थापना गरेका थिए, त्यति बेला फासिना पहिलो पटक राजनीतिमा आएकी थिइन्। 

बर्लुस्कोनीपछि उनको व्यवसाय मारिका र पियर सिल्भियोले सम्हाल्नेछन्। उनीहरू दुवैले पहिल्यै बुर्लुस्कोनीको व्यवसायमा कार्यकारी भूमिका सम्हाल्दै आएका थिए। पारिवारिक व्यवसायमा उनको ५३ प्रतिशत हिस्सा रहनेको बताइएको छ।

मंगलबार बुर्लोस्कोनीका पाँच सन्तानबीच उक्त वसियतनामा पढेर सुनाइएको थियो।

सन् २०११ मा आफ्नो कुर्सी गुमाएपछि बर्लुस्कोनीको प्रभाव कम हुँदै गएका थिए। उनीमाथि यौन काण्ड, भ्रष्टाचार र कर छलीका धेरै आरोप लागेका थिए। यति हुँदाहुँदै पनि बर्लुस्कोनीले पत्रकार सम्मेलनमा भनेका थिए, 'मलाई राजनीति थाहा छ, किनभने मिडियाको फण्डा र राजनीतिज्ञहरूलाई राम्ररी बुझेको छु।'

यो पनि पढ्नुहोस्

असार २६, २०८० मंगलबार ०७:३९:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।