ललिता निवास प्रकरणमा असम्बन्धित व्यक्तिलाई पनि जोडेर अतिरञ्जित बनाइयोः सीआईबी

ललिता निवास प्रकरणमा असम्बन्धित व्यक्तिलाई पनि जोडेर अतिरञ्जित बनाइयोः सीआईबी

काठमाडौँ : बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा असम्बन्धित व्यक्तिहरूलाई पनि जोडेर अतिरञ्जित र भ्रामक समाचार सम्प्रेषण भएको भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ। 

सोमबार साँझ एक विज्ञप्ति जारी गर्दै सीआईबीले ललिता निवासको १४३ रोपनी सरकारी जग्गा संगठित रूपमा सरकारी छाप तथा दस्तखत कीर्ते गरी व्यक्तिको नाममा हक हस्तान्तरण गर्ने कसूरमा मात्र केन्द्रित रहेको बताएको छ। 

विज्ञप्तिमा उल्लेखछ, 'हाल केही दिनदेखि विभिन्न संचारमाध्यम, सामाजिक सञ्जालहरुमा प्रस्तुत कसूरको तथ्यगत विषयहरुलाई अन्यत्रै मोडी कसूरसँग असम्बन्धित व्यक्ति तथा पदाधिकारीहरूको नामसमेत जोडी अतिरञ्जित र भ्रामक रुपमा केही समाचार तथा विज्ञप्तिहरूमा प्रकाशित सामग्रीप्रति यस व्यूरोको गम्भीर ध्यानाकर्षण भएको छ। 

यस प्रकरणमा ब्यूरोले काठमाडौँ जिल्ला अदालतबाट अनुमति लिई अनुसन्धान भइरहेको अवगत गराएको छ। 

केही दिनयता माओवादी नेता दीनानाथ शर्माविरुद्ध पक्राउ पुर्जी जारी गरिएको भन्दै सामाजिक सञ्जालमा फैलिएको थियो।

असार २५, २०८० सोमबार २१:१२:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।