यी चार प्रदेशमा आज राति भारी वर्षाको सम्भावना

यी चार प्रदेशमा आज राति भारी वर्षाको सम्भावना

काठमाडौं : देशका चार प्रदेशमा सोमबार राति भारी वर्षाको सम्भावना देखिएको छ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले सोमबार साँझ निकालेको बुलेटिनमा चार प्रदेशमा राति भारी वर्षाको सम्मावना देखिएको हो।

महाशाखाले सोमबार राति कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन रचट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको जनाएको हो।

यस्तै उसले सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावनाभने रहेको उल्लेख गरेको छ।

मंगलबार दिउँसो भने सबै प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भएर कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना देखिएको छ।

महाशाखाले हावाहुरी, भारी वर्षा, मेघ गर्जन रचट्याङ्ग, गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउनसमेत आग्रह गरेको छ।

असार २५, २०८० सोमबार १९:४८:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।